
Kathmandu Model Veterinary Hospital & Research Pvt.Ltd.
HOT LINE
01-2299516
About
उद्देस्य
भुस्याहा कुकुरहरुको नियन्त्रण र उन्मुलन घरपालुवा कुकुरहरुको ब्यबस्थित बिकाश गर्ने ।
परियोजना संचालन गर्नुपर्ने कारण
क) अनुत्तरदायी ढंगले कुकुर पाल्दा त्यसको दुस्प्रभावबाट महानगारबसिलाई जोगाउन .
ख) जिल्ला पशु-स्वास्थ्य सेवाबाट रेबिज खपत भएको तथ्यांक दाँज्दा जिल्लामा रहेका सम्पूर्ण कुकुरहरुले रेबिज बिरुद्दको सुइ पाएको नदेखिएकाले त्यस स्थितिलाई ब्यबस्थित गर्न
ग) हरेक बर्ष रेबिजको खोप नदिएका घरपालुवा तथा भुस्याहा कुकुरहरुको टोकाइबाट हुने शारीरिक र आर्थिक क्षतिमा नियन्त्रण गर्न .
घ) कुकुरहरुको बंश लोप हुदै गएको तथा कुकुरको अध्यन, अनुसन्धान गर्न छुट्टै संस्था नभएकोले त्यस्तो संस्थाको अभाबलाइ परिपूर्ति गर्न .

परियोजनाको कार्यहरु
यस संस्थाले महानगरपालिका, उप- महानगरपालिका गा.बि.स. हरु जिल्ला बिकाश समिति,जिल्ला पशु-शेवा कार्यालय, बातावरण सम्बन्धित निकायहरु र विभिन्न सरकारी, गैर सरकारी कार्यालयहरु संग मिलेर निम्न अनुसार कार्यहरु गर्ने छ
क) कुकुरपालकको घर घरमा गई कुकुरहरुको जात छुट्ट्याएर कुकुर दर्ता गर्ने तथा सेवा शुल्क लिने
ख) दर्ता गरिएका कुकुरहरुका लागि टयाग वितरण गर्ने,स्वास्थ्य परिक्षन गर्ने,रेकर्ड कार्ड उपलब्ध गराउने, रेबिज खोप नलगाएको भए कुकुरधनीकै घरमा गइ दक्ष पशु चिकित्सक बाट खोप दिलाउने
ग) कुकुर सम्बन्धि जानकारी भएको पुस्तिका बितरण गर्ने
घ) दर्ता भएका कुकुरहरुको सम्पूर्ण विवरण सम्बन्धित निकायलाई उपलब्ध गराउने
ङ) कुकुरहरुको जन्म तथा मृत्यु दर्ता गरेर त्यस्को लगत राख्ने
च ) जतिय शुद्दता कायम राख्न जात अनुसार प्रजनन गराउने भुस्याहा कुकुरहरुलाई परिवार नियोजन गरिदिने ।
छ) अनुभबि पशु चिकित्सकबाट स्वास्थ्य परिक्षणको सुबिधा दिलाउने ।
ज) मरेका कुकुरलाई थान्को लगाउने ब्यबस्था गर्ने ।